Techie IT
मंगलबार, वैशाख २३,२०८२

साँढे गोरुले हान्दा सप्तरीमा ८० वर्षीया वृद्धाको मृत्यु


छाडा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ।सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो।सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो।

पछाडिबाट गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साभार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545