‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित
समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित हुनुभएको छ । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई सो सम्मान अर्पण गरिएको हो । दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गर्नुभएको हो ।
“ सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।” युवा व्यवसायि समेत रहनुभएका प्रधानले कार्यक्रममा भन्नुभयो । कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित हुनुभएकोे थियो ।
पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रागिरि हिरो अफ इयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्