सुन तोलामा २३ सयले घट्यो
काठमाण्डौ
स्थानीय बजारमा सुनको प्रतितोला मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । सुनको मूल्यमा प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला रु ९३ हजार छ । प्रतितोला रु ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको छ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो । यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो । –––
क्याटेगोरी : समाचार
ट्याग : #gold price
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्