एनसेलको फेरि बाहिरियो १३ करोडको काण्ड
बिजुलीको पैसा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले एनसेलको पोखरास्थित कार्यालयको लाइन काटेको छ ।एनसेललाई काटेको पत्रअनुसार कम्पनीले गत भदौमा एनसेललाई बक्यौताको जानरकी गराइएको थियो ।
एनसेलको पोखरा कार्यालयको लाइन प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले काटिदिएको हो ।
एनसेलले १३ करोड ८० लाख रुपियाँ विद्युत महसुल बुझाएको छैन । महशुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणको लेखनाथ वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले दिएको पत्र एनसेलका प्रतिनिधि भुवनेश्वर महतोले बुझेका छन् । प्राधिकरणले छुट बिलका रूपमा एनसेललाई भदौमा १३ करोड ८० रुपियाँको बिलिङ गरेको थियो ।
एनसेलले यसविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । अदालतले प्राधिकरणलाई अघि बढ्ने बाटो खोलिदिएसँगै एनसेलमा दिइएको विद्युत लाइन काटिएको छ ।
प्राधिकरणले आइतबार बिहान १० बजेर ४६ मिनेट जाँदा एनसेलको कार्यालयमा दिइएको विद्युत लाइन काटेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनसेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्