तोकिएकै समयमा निर्वाचन गराउन माग गर्दै सर्वोच्चमा पर्यो रिट

काठमाडौं, २१ पुस । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै समयमै निर्वाचन हुनुपर्ने माग पनि चर्को बन्दै गएको छ ।
यसैबीच तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको छ । अधिवक्ता दिपक विक्रम मिश्रले तोकिएको समयमै निर्वाचन हुनुपर्ने भन्दै हिजो सोमबार रिट दायर गरेका हुन् ।
निर्वाचनलाई प्रभावित पार्ने गतिबिधि नगर्नु÷नगराउनु अन्तरिम आदेशको माग गर्दै रिट दायर गरिएको छ । उक्त रिटको आज पेसी राखिएको छ ।
सरकारले प्रतिनिधि सभा विघटनका साथै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउने गरी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । निर्वाचनको विषयमा नेकपाभित्रै विवाद छ र पार्टी फुटको दिशातर्फ उन्मुख छ ।
तर, प्रतिनिधिसभा ब्युँताउनुपर्ने माग भइरहेका बेला तोकिएको समयमा निर्वाचन गराउनुपर्ने र निर्वाचन नै समस्या समाधानको विकल्प भएकोतर्फ पनि मानिसहरुको मत एकतृत हुन थालेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वोच्च अदालतमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्