नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला
नेकपा प्रचण्ड माधव समूहले नुवाकोट तारकेश्वर १ मा आज शनिबारब अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
उक्त भेलामा प्रचण्ड(माधव समूहका जिल्ला सचिवालय सदस्य समर मगर तथा जिल्ला वैकल्पिक जिल्ला सदस्य तारा देबी रिमाल एवं कार्यकर्ताहरुको सहभागिता रहेको सोम तामाङ्गले बताए ।
भेलालाई सम्बोधन गर्दै प्रचण्ड(माधव समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाए । आफूहरुको लडाइँ कुनै व्यक्ति विशेषकाविरुद्ध नभई प्रवृत्तिकाविरुद्ध भएको उनको भनाइ थियो । संसद विघटनको विरोधमा पार्टीले गरिरहेको आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
जिल्लामा आफ्नो नेतृत्वको पक्षमा पकड बढाउन गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्