Techie IT
मंगलबार, वैशाख २३,२०८२

उखु किसानलाई एक महिनाभित्र बक्यौता रकम दिलाउन सर्बोच्च अदालतको आदेश


काठमाडौं । उखु किसानलाई बाँकी बक्यौता रकम एक महिनाभित्र दिलाउन सर्बोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीवार मितिनै तोकेर भुक्तानी दिलाउन आदेश जारी गरेको हो ।

आदेशमा काठमाडौंसम्म भुक्तानीका लागि वर्षै पिच्छे हारगुहार र धर्ना गर्नुपर्ने स्थिति आफैंमा अन्यायपूर्णमात्र नभएर लोक कल्याणकारी राज्यको लागि स्वीकार्य हुन नसक्ने भएको उल्लेख गर्दै अनिवार्य रुपमा उखु किसानलाई तिर्नु पर्ने रकम क्रेता वा उद्योगबाट किसानहरुलाई भुक्तानी दिन दिलाउनू भन्ने उल्लेख छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्बोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545