समग्र रामेछापलाई भिडियोमा उतारे निर्देशक रमेश वावाले

विगत लामो समयदेखि चलचित्र,म्यूजिक भिडियो,वृत्तचित्र लगायतका विधाहरुमा निर्देशकको रुपमा क्रियाशिल रमेश वावा नेपालको निर्देशनमा भर्खरै मात्र `मेरो प्यारो रामेछाप´ वोलको प्रवर्द्धनात्मक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।थोरै काम गर्ने तर अाँफूले लिएको कामलाई सक्दो न्याय दिने स्वभावका रमेशका संख्यात्मक हिसावले थोरै भिडियोहरु भएता पनि गुणात्मक हिसावले अत्यन्तै महत्वपूर्ण छन्।
गत असार २६ गते एउटा अौपचारिक समारोहका वीच स्मार्ट क्याफे धुम्वाराहीमा सार्वजनिक गरिएको सो गीतमा चम्पक गुरुङ्गको शव्द,फूलकुमार वमजनको संगीत,महाराज थापाको संगीत संयोजन स्वरुपराज अाचार्य र जुनु रिजालको स्वर र प्रकाश मिश्रको मिक्सिङ्ग रहेको छ।
नम्रता सापकोटा,चम्पक गुरुङ्ग र विकास गुरुङ्ग अभिनित सो भिडियोको छायाङ्कन रविन्द्र वराल र सम्पादन निशान घिमिरेले गरेका थिए।रामेछाप जिल्लाको पर्यटकीय र साँस्कृतिक महत्वलाई झल्काउन खोजिएको सो गीति भिडियोको वारेमा वोल्दै समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कुशल श्रेष्ठले”रामेछाप जिल्लाको वारेमा हामीजस्ता राजनीतिज्ञले भाषणमा धेरै व्याख्या गर्यौं होला,साहित्यकारहरुले शव्दमा धेरै लेखे होलान् तर यसरी श्रव्य/दृष्य माध्यमवाट वर्णन गरिएको यो नै पहिलो विशिष्ट प्रयोग हो जहाँ समग्र रामेछाप जिल्लाकै पर्यटकीय महत्वलाई मात्र नभै सँस्कृतिक रीतिरिवाज र चालचलनलाई समेत सुन्दर तरिकाले प्रस्तुत गरिएको छ”भन्नुभएको थियो।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्