नायीका प्रियंकाले गरिन् आत्महत्या
भारतकी चर्चित नायीका प्रियंकाले आत्महत्या गरेकी छन् । भारतीय संचारमाध्यमहरुका अनुसार दक्षिण भारतीय चलचित्रकी नायिका प्रियंकाले आत्महत्या गरेकी हुन् ।
भारतको वलासारावक्कममा रहेको आफ्नै घरमा डोरीले पासो लगाएर आत्महत्या गरेकी छन् ।
प्रियंका तमिल फिल्मकी एक प्रख्यात अभिनेत्री हुन् । प्रियंकालाई बुधबार बिहान उनकी साथीले कोठाको पंखामा झुण्डिएको अवस्थामा भेट्टाएकी थिइन् । प्रियंकाको आत्महत्याको यथेष्ट कारण खुल्न नसके पनि उनले घरेलु कलहको कारणले मृत्युको बाटो रोजेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
विवाह गरेको ३ वर्ष बितिसक्दा पनि प्रियंका सन्तान हुन नसकेको भन्दै पारिवारिक विवाद हुने गरेको थियो । जसका कारण उनले आत्महत्या गरेको हुन सक्ने बताईएको छ । प्रहरीका अनुसार अब प्रियंकाको शवको पोष्टमार्टमपछि नै उनको मृत्युको मुख्य कारण खुल्न सक्छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नायीका प्रियंका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्