१८ केजी लागूऔषध सहित राक्सिराङका २ जना चितवनबाट पक्राउ
चितवन । चितवनमा अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराले आज (शुक्रबार) बिहान साँढे सात बजे राप्ती नगरपालिका वडा नंम्बर ४ स्थित झरना जाने सडकबाट १८ केजी अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ्ग ७ गर्लिङ्ग बस्ने ३५ बर्षीया रामकृष्ण प्रजा र उनका छोरा रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा अवैध लागूऔषध (गाँजा) भेटिएको हो । पक्राउ परेका मध्य निजको छोरा अन्दाजी १२/१३ बर्षको रहेकोले उनको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धान र आवश्यक कार्वाहीका लागी अहिले इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको प्रहरीले जनाएको छ । आज शुक्रबार पक्राउ परेको र भोलि शनिबार रहेकोले अब आइतबार मात्रै उनीहरुलाइ अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।
चितवनमा प्रहरी प्रमुखको नेतृत्व सम्हालेका (एसपी) नान्तीराज गुरुङ पछिल्लोपटक लागूऔषध गाँजा कारोबारी तथा ओसारपसार बिरुद्व निक्कै आक्रमक देखिएका छन् । उनले यस्ता गतिबिधी गर्नेहरुप्रति कठोर कदम चाल्न मातहतका प्रहरी इकाइहरुलाइ निर्देशन दिएसँगै पछिल्लोपटक यहाँका प्रहरीहरुले पनि आफ्नु सक्रियतालाइ बढाउँदै गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्