संखुवासभामा जनता समाजबादी पार्टीले जलायो प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला ( फोटो फिचर )
सुजन बज्राचार्य, खाँदबारी ।
जनता समाजवादी पार्टी संखुवासभाले सदरमुकाम खाँदबारीमा प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला जलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठनको विरोधमा शुक्रबार दिउँसो प्रधानमन्त्री ओली र राष्ट्रपती विद्या देवी भण्डारीको पुत्ला जलाएको हो ।

जनता समाजवादीले नेपालको संविधानमा ब्यबस्था नै नभएको कानुन जबरजस्ती ढंगले प्रयोग गर्दै संसद विघटन गरेको भन्दै सदरमुकाम खाँदबारीमा जुलुस सहित प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला जलाएको हो । पुत्ला जलाएपछि खाँदबारीको देबकोटा चोकमा भएको कोणसभालाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र किराँती, केन्द्रिय सदस्य तथा प्रदेश नं. १ का उपाध्यक्ष दिपक याख्या लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

जनता समाजवादीले पुत्ला जलाउने संकेत पछि चोकचोकमा विहानै बाट प्रहरी पचिलन भएका थिए ।

पुत्ला जलाएको फोटो फिचरहरु ।
तस्बिर: सुजन बज्राचार्य, संखुवासभा खाँदबारी ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #breaking, #जनता समाजबादि पार्टी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्