प्रधानमन्त्री पद नपाए नेपाल बन्दसम्म गछौंं ’ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गर्नुभएको छ । संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गर्नुभएको हो ।
आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गर्नुभयो । ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं,’ प्रचण्डले भन्नुभयो, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’
आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपमान सहेको समेत उल्लेख गर्नुभयो । यद्यपी के गरेर अपमान गरे भनेर उहाले खुलाउनु भएन । आफूहरूले ओलीविरुद्ध राजनीतिक प्रतिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्