नागार्जुन स्थित आदेश्वर दक्ष्य कुण्डमा ५० लाखको किरियापुत्री आवासीय भवन
नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर दक्ष्य कुण्डमा किरियापुत्री आवासीय भवन निर्माण गरिएको छ । नगरपालिकाको रु ५० लाख लागतमा छ कोठे किरियापुत्री आवासीय भवन निर्माण गरिएको वडाध्यक्ष महेश रिमालले बताउनुभयो ।
यहाँका किरियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो । यस क्षेत्रमा किरियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडा बस्नेलाई काजकिरिया गर्न समस्या परेको थियो ।
यस्तै नागार्जुन नगरपालिका–५ स्थित आदेश्वरमा धार्मिक तथा ऐतिहासिक महत्व बाकेको आदेश्वर उद्यानको निर्माण भइरहेको छ । नगरपालिकाको रु ५० लाखको लागतमा उक्त उद्यानको निर्माण शुरु गरिएको वडाध्यक्ष रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार सो उद्यानभित्र स्थानीय ऐतिहासिक तथा धार्मिक महत्व झल्किने वस्तु राखिनेछ ।
करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्यान निर्माण भएपछि वृद्धवृद्धा, बालबालिका र मुख्यगरी धार्मिक आस्था भएका बढी मात्रामा लाभान्वित हुने बताइएको छ । उद्यानमा हरियाली वातावरणसँगै वनभोजस्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर÷स्मारक, बालबालिकाका लागि चिप्लेटी निर्माण गरिनेछ । आदेश्वर मन्दिरको नामबाट उक्त उद्यानको नाम आदेश्वर उद्यान राखिएको हो ।
स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको आधा शरीर पतन भएको र महादेव उत्पन्न भएको विश्वासमा उक्त स्थानमा आदेश्वर महादेवको मन्दिर स्थापना गरी पूजा गर्न थालिएको हो । पुरानो तथा पुरातात्विक महत्व बोकेको उक्त मन्दिरमा हरेक सोमबार भक्तजनको भीड लाग्ने गर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #किरियापुत्री आवासीय भवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्