टोखामा कोरोना भाइरस संक्रमित सख्या बढेर ३५४२ जना पुग्यो
नविना श्रेष्ठ
टोखा नगरपालिकामा कोभिड-१९ कोरोना भाइरस संक्रमित सख्या बढेर ३५४२ जना पुगेकाे छ। संक्रमित महिला सख्या १५५१ जना रहेको र पुरूष संख्या १९९१ जना रहेका छन्। हाल सम्म सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा ८० जना रहेको र अस्पतालमा २ जना मात्र रहेका छन्।
सम्पर्क विहिन ७ जना रहेका छन्। पौष ४ गते सम्मको टोखा नगरपालिकाको तथ्याङ्क अनुसार सक्रिय संक्रमित संख्या ८९ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। कोभिड-१९ कोरोना भाइरस संक्रमण वाट निको हुनेको संख्या ३४४४ जना रहेको र मृत्यु हुनेको संख्या ९ जना रहेको टोखा नगर विवरणले जनाएको छ।
हाल सम्म कुल PCR परिक्षण गरिसकेका हरूको संख्या ६६६५ जना रहेको र कुल सम्पर्कमा परिक्षण गरेका संख्या भने ४०१० जना रहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्