कोरोना भ्याक्सिन समयमै निःशुल्क रुपमा लगाइने : अर्थमन्त्री पौडेल
काठमाडौँ, ३ पुस । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भ्याक्सिन समयमै ल्याइने र निःशुल्क रुपमा लगाइने प्रतिवद्धता जनाएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीहरुसँग भेट गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले आधिकारिक खोप ल्याउनेबारे छलफल सुरु भइसकेको पनि बताएका छन् । उनले जसरी सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गरेको थियो त्यसरी खोप पनि निःशुल्क वितरण गर्ने बताएका हुन् ।
‘ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात हुन्छ । यसका लागि हामीले कुटनीतिक संवाद जारी राखेका छौं । भ्याक्सिनको आयातका लागि तयार भएर बस्छौं’ पौडेलले भने ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका व्यक्तिहरु र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहने उनको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विष्णु पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्