टोखामा १ करोडको सडक कालोपत्रे ,मेयर द्धारा दैनिक अनुगमन र जाँच
काठमाडौँ । टोखा नगरपालिका वडा नं. ८ स्थित मिलनटोलमा सडक कालोपत्रे शुरु भएको छ । टोखा नगरपालिकाको १ करोड सात लाख लागतमा १ किलोमिटर सडक कालोपत्रे सुरु भएको छ ।
पिच कार्यको अनुगमन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाभित्र प्रत्येक वडामा आजभोली ४–५ ओटा योजनाको काम भइरहेको बताएका छन् । आफुले भ्याएसम्म सबै वडाको पूर्वाधार विकास निर्माणको अनुगमन गरिरहेको नगर प्रमुखले बताउनुभयो । सबैतिर जनता नगरपालिकाको काम देखेर खुशी भएका छन् ।
टोखा ८ को मिलन टोलमा सडक निर्माणको अनुगमन गर्न पुगेका जनताहरुले नगरप्रमुखलाई जनताका आधारभूत समस्याहरु पुरा गरिदिनु भएकोमा खुशी हुँदै धन्यवाद प्रकट गरेका थिए । टोखा नगरपालिकामा पूर्वाधार विकास निर्माणका काम करिव–करिव अन्तिम अवस्थामा पुगेको हुँदा मेयर उज्यालो कार्यक्रमबाट सबै वडाको टोलटोलमा बत्ति राख्ने काम केही दिनमा सुरु हुने नगर प्रमुखले बताउनुभयो ।
नगर प्रमुख प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले भौतिक संरचना निर्माण र सडक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “संविधानले दिएको अधिकार पूर्णरुपमा कार्यान्वयन गर्नका लागि नगरपालिकाको संस्थागत क्षमता वृद्धि, पूर्वाधार विकास, प्रशासनिक भवन निर्माण, वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकमा राखेका छौँ,” उहाँले भन्नुभयो । यस्तै नगरपालिकाले १२ करोड लागतमा टोखा–७ मैजुहिटीमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गरिरहेको छ भने टोखा–९ को गोँगबु र वडा नं ११ को महादेवटार हाइटमा वडा प्रशासनिक भवन निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो ।








क्याटेगोरी : समाचार
ट्याग : #सडक कालोपत्रे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्