Techie IT
बुधबार, वैशाख २४,२०८२

तारकेश्वर २ द्धारा ज्येष्ठ नागरिक , एकल महिला र अपाङ्गताहरुलाई न्यानो कपडा वितरण


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ ले ज्येष्ठ नागरिक , बृद्दा,एकल महिला र अपाङ्गताहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा नं २ बाट बिन्योजित ५ लाख रुपैयाले ३६६ जना लाई न्यानो कपडा बितरण गरिएको वडा अध्यक्ष रबिन्द्र के.सीले बताए ।

सो कार्यक्रममा नगर उप प्रमुख भवानी डोटेलको प्रमुख आतिथ्य नगर महिला बाल बालिका शाखा प्रमुख प्रतिमा मिश्र , वडा अध्यक्ष तथा जनप्रतिनिधी हरूको सहभागितामा साथै राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

न्यानो कपडा पाउने ज्येष्ठ नागरिकले जाडोको समयमा आफूहरुलाई केही राहत हुने बताउँदै आगामी दिनमा पनि वडा कार्यालयले उदाहरणीय र राम्रो काम गर्न सुझाव दिएका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर २


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Fair
5:18 am6:42 pm +0545