मोटी युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै
काठमाडौँ — मंसिर २१, २०७७।
धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’
सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ ।
प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।
काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताए । अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण दिइने छ । नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपाल आयोजना गर्दै आएको छ । आयोजक राजपुतका भन्छन- ’प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी दिए । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट मंसिर २१ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।
इच्छुक प्रतिस्पर्धीहरुले अनलाईन अडिसन फाराम भर्नको निमित्त तलको लिङ्क क्लिक गर्नुहोला—
https://bit.ly/3lo6FBN
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्