भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो ।
त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो । यस वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा आफ्ना सदस्य राष्ट्रलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानबमोजिम राष्ट्रका ऐन–कानून अद्यावधिक गर्न र भ्रष्टाचारविरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ । हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेकाले यथाशीघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको अपिलमा जनाइएको छ ।
कोभिड–१९ नियन्त्रण कार्य थप सशक्त र समन्वयात्मक बनाउन, महामारीसम्बन्धी सामग्रीको खरिदमा पूर्ण पारदर्शिता अपनाउन, हुने र भइरहेको कार्यमा पर्याप्त अनुगमन र सुपरीवेक्षण गर्न, सरकारी सूचना एवं विवरणमा नागरिकको सहज पहुँच बढाउन तथा नागरिक अभियानकर्मी र पत्रकारको सुरक्षा गर्न पनि सरकारलाई अपिल गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताउनुभयो । विगत २५ वर्षदेखि भ्रष्टाचार न्यूनीकरण र सदाचार प्रवद्र्धनका लागि अनवरतरूपमा नागरिकस्तरबाट सक्रिय रहेको टिआई नेपालले यस दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय महासन्धिका प्रावधानबमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशीघ्र आवश्यक कदम चाल्न तथा कोभिड–१९ सम्बन्धी सरकारी काम थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकारलाई अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।
आम सचेत नागरिकलाई पनि महासन्धि कार्यान्वयन हुने वातावरण बनाउन सरकारलाई दवाब दिन, भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी सरकारको हो भन्ने कुरामा सचेत रहन, भ्रष्टाचार नियन्त्रणमा युवाको संलग्नता बढाउन, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रलाई भ्रष्टाचारबाट जोगाउन र भ्रष्टाचारलाई उजागर गर्न पनि टिआई नेपालले अपिल गरेको छ ।
दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध नागरिक सचेतना बढाउन, भ्रष्टाचार भनेको नियमित प्रक्रिया होइन भन्ने अवधारणा व्यक्ति र समाजमा अभिवृद्धि गर्न र जनचाहनाबमोजिम सुशासन कायम गर्न सरकार थप क्रियाशील रहोस् भनी टिआई नेपाल आग्रहसमेत गरेको छ । यसै अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज बौद्ध स्तूपअघि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्