के कोरोना भाइरस वुहानबाट फैलिएको होइन त ?

सार्स-कोभ-२ जनावरबाट मानिसमा कसरी र कुन मितिमा आयो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। जानकारका अनुसार अहिलेसम्म महामारीको केन्द्र वुहानस्थित जनावरको बजारलाई मानिएको छ। जहाँ जीवित र मृत जंगली जनावरको मासु किनबेच हुन्छ।
एकै पटक कयौँ मानिसमा संक्रमण देखिएको हुनाले अहिलेसम्म यही बजारलाई कोरोनाको केन्द्र भनिन्छ। तर एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस फैलिन सुरु भएको मिति अझै पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन्।
हङकङ युनिभर्सिटीमा माइक्रोबायोलोजिस्ट युएन क्वाक-युङ्गले बीबीसीलाई भनेका थिए, यदि तपाईं मलाई सोध्नु हुन्छ भने वुहानको जंगली जनावर किनबेच हुने त्यही बजारबाट कोरोना फैलिन सुरु भएको भन्न सक्छु म ।
चीनको वुहानमा डाक्टरहरुले गरेको एक अध्ययन अनुसार यहाँ कोरोनाको पहिलो मामिला डिसेम्बर पहिलो तारिखमा पत्ता लागेको थियो। तर यो केसको सम्बन्ध त्यो बजारसँग थिए। यो अध्ययन मेडिकल जर्नल ल्यान्सेटमा छापिएको छ ।
केही जानकारहरुले महामारी फैलाउने क्षमता राख्ने भाइरस पहिचानमा नआइ कयौँ महिनासम्म विश्वभर रहन सक्ने सम्भावना हुँदैन। तर उत्तरी गोलार्द्धमा विशेषगरी चिसोको समयमा यो भाइरस पहिले नै पहिचानमा आएर रहन सक्छ ।एजेन्सी
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना भाइरस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्