के कोरोना भाइरस वुहानबाट फैलिएको होइन त ?
सार्स-कोभ-२ जनावरबाट मानिसमा कसरी र कुन मितिमा आयो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। जानकारका अनुसार अहिलेसम्म महामारीको केन्द्र वुहानस्थित जनावरको बजारलाई मानिएको छ। जहाँ जीवित र मृत जंगली जनावरको मासु किनबेच हुन्छ।
एकै पटक कयौँ मानिसमा संक्रमण देखिएको हुनाले अहिलेसम्म यही बजारलाई कोरोनाको केन्द्र भनिन्छ। तर एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस फैलिन सुरु भएको मिति अझै पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन्।
हङकङ युनिभर्सिटीमा माइक्रोबायोलोजिस्ट युएन क्वाक-युङ्गले बीबीसीलाई भनेका थिए, यदि तपाईं मलाई सोध्नु हुन्छ भने वुहानको जंगली जनावर किनबेच हुने त्यही बजारबाट कोरोना फैलिन सुरु भएको भन्न सक्छु म ।
चीनको वुहानमा डाक्टरहरुले गरेको एक अध्ययन अनुसार यहाँ कोरोनाको पहिलो मामिला डिसेम्बर पहिलो तारिखमा पत्ता लागेको थियो। तर यो केसको सम्बन्ध त्यो बजारसँग थिए। यो अध्ययन मेडिकल जर्नल ल्यान्सेटमा छापिएको छ ।
केही जानकारहरुले महामारी फैलाउने क्षमता राख्ने भाइरस पहिचानमा नआइ कयौँ महिनासम्म विश्वभर रहन सक्ने सम्भावना हुँदैन। तर उत्तरी गोलार्द्धमा विशेषगरी चिसोको समयमा यो भाइरस पहिले नै पहिचानमा आएर रहन सक्छ ।एजेन्सी
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्