निर्माण सामग्रीमा मूल्य वृद्धि, निर्माण क्षेत्र मारमा
कोभिड–१९ को महामारीबीच निर्माण शुरु हुने समयमा निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । फलामजन्य निर्माण सामग्री, विभिन्न साइजका डण्डी, पाता, पत्ति, जी.आई तार, ग्याबिन तार उत्पादक कम्पनीले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्यवृद्धि गरेको महासङ्घले जनाएको छ ।
“फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा धेरै मूल्यवृद्घि गरी मिलेमतो गरेको देखिएको छ,” महासङ्घका महासचिव रोशन दाहालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घको भनाइ छ । देशको कुनै पनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन र बिक्री–वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासङ्घले असन्तुष्टि जनाएको छ ।
गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनामा ढुङ्गा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएकोप्रति महासङ्घले सरोकार भएका सबै निकायको ध्यानाकर्षण गराएको छ । केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डन्डी (प्रतिकेजी) मा रु १५ देखि २० सम्म मूल्यवृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्घि भएको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार कोभिड– १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्माण सामग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्