काठमाडौँको सडकबाट बेसहाराको उद्धार तीव्र
काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो । उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै सडकका कोही भोकै रहँदैन, भोकले कोही मर्दैन त्यसको जिम्मा सरकारले लिन्छ भनेर यसअघि नै घोषणा गरिसक्नुभएको छ ।
सोही योजनाअनुसार यो वर्षभित्रै काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने तयारी थालिएको छ । आश्रमका प्रवक्ता सुमन बर्ताैलाले काठमाडौँ, ललितपुर र भक्तपुरमा रात्रीकालीन र दिउँसोमा समेत उद्धार अभियान थालिएको जानकारी दिनुभयो ।
सोही अभियानका क्रममा पछिल्लो एक हप्तामा मात्रै १५ जनाको सडकबाट उद्धार गरिएको छ । उनीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरको आश्रममा लगेर राखिएको छ । “गत वर्ष नै उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने योजना कोरोनाका कारण सफल हुन सकेन, अब छिट्टै घोषणा गर्ने गरी काम थालिएको छ”, प्रवक्ता बर्ताैलाले भन्नुभयो ।
घोषणाका लागि काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तह, सङ्घीय सरकारका सरोकार राख्ने मन्त्रालयसँग समन्वय भइरहेको जनाइएको छ । काठमाडौँ उपत्यकामा सहयोगापेक्षी सडक मानव न्यून रहे पनि पेशेबर मगन्तेका कारण समस्या भइरहेको छ ।
उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण छ । सरकारले आगामी विसं २०७८ भित्र मुलुकलाई नै बेसहारा सडक मानव मुक्त बनाउने योजनाअघि सारेको छ । आश्रमले अहिले मुलुकका विभिन्न सातै प्रदेशका २१ स्थानबाट सहयोगापेक्षी उद्धार गरिरहेको छ ।
हाल एक हजार १०० भन्दा बढीलाई संरक्षण दिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सडकबाट बेसहाराको उद्धार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्