टोखामा १६ दिने लैंगिक हिंसा विरूद्धका कार्यक्रम
काठमाडौं । टोखा नगरपालिका १६ दिने लैंगिक हिंसा विरूद्धका कार्यक्रम सुरु भएको छ । यसपटक कोरोना महामारीले गर्दा भर्चुअल विधिबाट “मानसिक स्वास्थ्य र मनोविमर्श” नामक अन्तक्र्रिया कार्यक्रम सुरु भएको छ । १६ दिने अभियानको संयोजक टोखा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलको नेतृत्वमा विगतका वर्षहरुमा विभिन्न कार्यक्रमहरु हुँदै आएको थियो । विगतका वर्षहरुमा भौतिक रुपमा उपस्थित भएर प्रत्येक वडामा लैंगिक हिंसा विरूद्धका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन हुँदै आएको थियो ।
यसपटक १६ दिने अभियान अन्तर्गत २ दिन भर्चुअल विधिबाट कार्यक्रम सुरु भएको कार्यक्रमका संयोजक तथा टोखा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले बताउनुभयो । यसपटकको कार्यक्रम टोखा नगरपालिकाको आयोजना र ओरेक नेपालको सहकार्यमा सुरु भएको छ । आजको कार्यक्रममा टोखाका सबै वडाका जनप्रतिनिधिहरु, नगर साखाहरुको प्रमुख र नगर भित्रका संघ÷संस्थाहरुको प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले आज कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख प्रकाश अधिकारीले लैगिक हिंसाको बारेमा मन्तव्य राखेका थिए । त्यस्तै नगर महिला तथा बालबालिका साखा निरिक्षक बिमला वाग्लेले पनि मन्तव्य राखेका थिए ।
आजको कार्यक्रमको प्रशिक्षक ओरेक नेपालका रूपा भट्टराईले “मानसिक स्वास्थ्य र मनोविमर्श” बारे भिडियो डकुमेन्ट्री सहित प्रशिक्षण दिनुभएको थियो । त्यस्तै अर्को कार्यक्रम डिसेम्वर ४ तारिखका दिन हुने नगर उप–प्रमुख ज्ञानमायाँ डंगोलले बताउनुभयो ।







क्याटेगोरी : समाचार
ट्याग : #लैंगिक हिंसा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्