मेगा बैंकले ल्यायो अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुभारम्भ गरेको छ ।
अत्याधुनिक प्रविधिहरुलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा ल्याएको हो । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्दछन् ।
यो सेवा कसरी लिने ?
सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक बेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ (त्ष्अप द्यबलपष्लन) उल्लेखित एउटा ट्याबमा आउँछ । यस ट्याबमा क्लिक (अष्अिप) गरेपछि जुन सेवा लिन चाहेको हो, त्यो छान्नुपर्छ । त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका बिभिन्न सेवा÷सुविधाहरु भेटिन्छन् । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्छ । त्यो विवरण भर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र बिभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।
इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ । ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा गरेअनुसारको सेवा तत्कालै लिन पाइनेछ । यसले स–सानो कुराका लागि जानकारी लिन बैंकमै आउनुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास लिएका छौं ।’– सिइओ खुञ्जेलीले भन्नुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #मेगा बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्