सरकारको आदेश लत्याउदै काभ्रेस्थलीमा मध्यराती डोजर , ढलान बाटो र घरमा क्षती
काठमाडौ । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग, खुलोआम डोजन संचालमाको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिएको केही दिनमै खानी तथा भुगर्भ बिभागले पनि पत्र मार्फत तारकेश्वर नगरपालीका र टोखा नगरपालिकालाई अबैध प्लटीङ्ग रोक्न निर्देशन समेत दिएको थियो ।
तर गृह मंत्रालय र बिभागको पत्रलाई लत्याउदै काभ्रेस्थलीमा मध्यराती जग्गा सम्याउन डोजर चलेको छ ।
वडा र जनताको अगुवाइमा निमार्ण भएका ढलान एवं सिंचाइका कुलोमा समेत क्षती पुराएको स्थानियको गुँनासो छ ।
त्यतीमात्र नभई ठुलो ओजनको डोजर गुढ्दा केही कच्चीघरमा समेत क्षती भएको स्थानियबासी एवं संचारकर्मी बिदुर फँयाले बताए ।
मध्यराती करीव ११ बजे स्वर्णीम चोकबाट लामीछानेबस्ती तर्फ डोजर गुडेको थियो र जमिन थर्कीएर माटोको घर चर्कीएको उनको भनाई छ ।
तारकेश्वर नगरपालिका वडा नं २ का वडा सदस्य संजय ढकालले डोजर संचालकले वडामा जानकारी बिनानै मध्यरातमा गलत स्वार्थले बस्तीमाझबाट डोजर लगेको बताए । अवैध रुपमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उधोग मात्र नभई सार्बजनीक जग्गा एवं बर्फर जोनमा खुलोआम डोजन संचालमा रोक्न वडास्तरबाट हुने सम्पूर्ण पहल बिफल भएको बताए ।
तर सो जग्गा प्लटीङ्ग गर्ने ब्लु स्काई कम्पनीका संचालक हरि जंग श्रेत्रीले प्रति आना १५००का दरले नगरपालिकामा ४,५०,०० राजस्व तिरि वडा , वर्फर जोन , निकुन्ज , नगरपालिकाबाट स्वस्कृती लिएको दावी गरेका छन ।
ब्यवसायकि रुपमा नभई सो स्थानमा होटेल खोल्ने उद्देश्यले आफूले गलतबाटो बाट डोजर लगेको र भत्कीएको बाटो आफूले बनाइदिने ब्लु स्काई कम्पनीका संचालक हरि जंग श्रेत्रीलले साझापाना अनलाइनलाई बताए ।
हेर्नुहोस घर तथा ढलानमा भएका क्षती :




क्याटेगोरी : विचार/बहस
ट्याग : #hot, #काभ्रेस्थलीमा डोजर, #ढालन बाटो र घरमा क्षती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्