Techie IT
मंगलबार, वैशाख २३,२०८२

सरकारले चाल्यो लोकप्रिय कदम : कोरोनाको परीक्षण र उपचार निःशुल्क


काठमाडौं । सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
साथै कोरोना उपचार कोषमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको चैतसम्मको आधा तलब जम्मा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने पहिलेको निर्णय सच्याएको एक मन्त्रीले जानकारी दिए । अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको छ ।
सरकारले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको हो ।

यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाको परीक्षण र उपचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545