किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ का प्रमुखसमक्ष प्रदेशको नाम किराँत राख्न माग गरेको छ । प्रदेशको नामकरणका विषय टुंगो लगाउने समय नजिकिँदै गर्दा किरात राई यायोक्खा खोटाङले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत बुधबार प्रदेश प्रमुखलाई अवधारणापत्र पठाएको हा े। यायोक्खाले ऐतिहासिक भूगोल, भाषा, संस्कृति, सभ्यता, आदिम थातथलो र साझा पहिचानका आधारमा प्रदेशको नाम किरात राख्नु सबैभन्दा उत्तम विकल्प भएको दाबी गरेको छ । प्रदेशको नाम किरात राख्न उपयुक्त हुने ६ वटा आधार उल्लेख भएको अवधारणा पत्र यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले प्रमुख जिल्ला अधिकारी पौडेलमार्फत प्रदेश प्रमुख समक्ष पठाएकी हुन् ।प्रदेशको नाम किरात राख्ने आधारका बारेमा यायोक्खाले जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङलाई बोधार्थ दिएको छ । किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा गत चैतमाा जिल्लामा हस्ताक्षर अभियान पनि चलाएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्