किन लुकायो तारकेश्वरले १० दिनसम्म कोरोना परिक्षण रिपोर्ट ?
काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य साखाले कोरोना संक्रमितको १० दिनसम्मको रिपोर्ट सार्वजनिक गरेन । कात्तिक ३ गतेदेखि १३ गतेसाँझसम्मको रिपोर्ट सार्वजनिक गरेको छैन । पछिल्लोपटक तारकेश्वरमा असोज २८ गते र कात्तिक ३ गते भएको श्वाब संकलनको रिपोर्ट समेत सार्वजनिक भएको छैन ।
तारकेश्वर नगर स्वास्थ्य साखाले कोरोना परिक्षणको रिपोर्ट “हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालीकाको कार्यालय” नामक फेसबुक पेज मार्फत् सार्वजनिक गर्दै आएपनि उक्त पेजमा असोज २३ गतेपछिको रिपोर्ट सार्वजनिक भएको छैन । हामीले यसबारेमा नगर स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीसँग कात्तिक ३ गतेपछिको रिपोर्ट माग्दा उहाँले दिन मान्नु भएन ।
अधिकारीले भने कोरोना श्वाब परिक्षणको रिपोर्ट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत, आइटि इन्जिनियर, सूचना अधिकृत र वडाका अध्यक्षहरुको मोवाइलमा मात्र म्यासेज गरेको बताउनुभएको छ । अधिकारीकाअनुसार नगर स्वास्थ्य साखाले काम गरिरहेपनि नगरपालिकाले रिपोर्ट सार्वजनिक नगरेको बताएका छन् । हामीले यसबारेमा नगरपालिकाको सूचना अधिकृत होमनाथ न्यौपानेसँग बुझ्न खोज्दा उहाँको फोन उठेन ।
काठमाडौंका अरु नगरपालिकाहरुले आफ्नो आधिकारिक पेज र मिडियाहरुलाई इमेल मार्फत् सूचना पठाइरहेको अवस्थामा तारकेश्वर नगर स्वास्थ्य साखाले सूचना नै लुकाइरहेको छ । नगर स्वास्थ्य साखाले श्वाब संकलन र परिक्षणको सूचना बाहिर सार्वजनिक नगर्दापनि नगरपालिकाले स्वास्थ्य साखालाई तत्काल सूचना सार्वजनिक गर्न निर्देशन दिएको देखिन्न ।
५० देखि १५० प्रतिशत तलबबाहेक भत्ता खाने स्वास्थ्यका कर्मचारीहरुले कोरोना संक्रमितको रिपोर्ट माग्दा स्वास्थ्य प्रमुखले नै दिन मानेनन् । तारकेश्वरमा ४–५ जनाको टोली श्वाब परिक्षण कार्यमा हिँडेको भएपनि नगर स्वास्थ्य साखाले फिल्डमा नहिँडेका कर्मचारी र शहरि स्वास्थ्य केन्द्रका प्रमुख भन्दै श्वाब संकलनमा नजोडिएका कर्मचारीहरुलाई पनि भत्ता बाँड्दै आएको छ ।
तारकेश्वर नगर स्वास्थ्य साखाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र न्यूनिकरणका लागि जिम्मेवारीपूर्वक काम नगरेको देखिन्छ । महामारी बढिरहेको अवस्थामा प्रत्येक वडामा शहरि स्वास्थ्य केन्द्रमा ४ देखि ८/१० जनाको स्वास्थ्यको टोली भएपनि आवश्यकताअनुसारको जनचेतनामुलक कार्यक्रम र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई पौष्टिक आहार र ५००० नगद दिने भनिएपनि वितरण भएको छैन । सुरुमा केही बिरामीहरुलाई ५००० नगद नगरपालिकाले दिएपनि पछिल्लोपटक कसैले पनि नपाएको गुनासो छ । स्वास्थ्यका कर्मचारीहरु होम आइसोलेसनमा बसेकाहरुको अवस्था बुझ्न गएका छैनन ।
कोरोना संक्रमण भएर रिपोर्ट माग्दा पनि नगर स्वास्थ्य साखाले ६–८ दिनसम्म पनि झुलाएर राखेको बिरामीहरुले बताएका छन् । तारकेश्वर ९ का कोरोना संक्रमित देविलाल पाठकको ६ दिनसम्म पनि रिपोर्ट आएन । परिवारका मानिसहरुले रिपोर्ट माग्न थालेपछि ७ औँ दिन पोजेटिभ भएको रिपोर्ट पठाएको थियो ।
बिरामी भएर सख्त अवस्थामा रुम आइसोलेसनमा बसेका पाठकको दिनदिनै स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि नगर स्वास्थ्य साखाले एकपटक पनि बिरामीसँग सम्पर्क गरेन । स्थानीयहरुले पाठकलाई अस्पताल लैजानको लागि नगर स्वास्थ्यसँग एम्वुलेन्सको सहयोग माग्दा नगर स्वास्थ्य साखाले एकले अर्कोलाई भन्नुभन्दै पन्छाउन खोजेका थिए । बल्लतल्ल एम्वुलेन्स पठाएपनि अस्पतालको व्यवस्था भने नगर स्वास्थ्य साखाले गर्न सकेन ।
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको बिरामी बोक्न र अन्य प्रकारका बिरामी बोक्नका लागि नगरपालिकाले २ ओटा एम्वुलेन्स तयारी अवस्थामा राखेपनि नगर स्वास्थ्य साखाले एम्वुलेन्स आवश्यक परेको ठाउँमा पठाउन आनाकानी गरिरहेको छ । २ जना चालक र एम्वुलेन्सको तेल मर्मत खर्च नगरपालिकाले गरेर स्वास्थ्य साखा मार्फत् जनताको सेवाको लागि नगरपालिकाले उपलब्ध गराएको एम्वुलेन्सलाई नगर स्वास्थ्य साखाले नगरपालिकाभित्रका भित्रका सामान्य नागरिकहरूले एम्वुलेन्स सेवा पाउन सकेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्