चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु
चितवन । चितवनको रत्ननगरमा गएराती बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व – पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका १० स्थित भानुचोकमा भएको सवारी दुर्घट्नामा परी एक जनाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

“सवारी दुर्घट्नामा मृत्यु भएका बस्नेत”
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार काठमाडौंबाट काँकड्डभित्ता तर्फ जादैँ गरेको प्रदेश नम्बर ०३ – ००१ ख १९९ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ०२ – ०३ – ००२ प २८१६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरको पछाडी सवार रत्ननगर नगरपालिका २ टाँडी बस्ने २२ बर्षीया बिपिन बस्नेतको मृत्यु भएको हो ।
त्यस्तै, स्कुटर चालक सिन्धुपाल्चोक सिपापोखर गाँउपालिका ५ बस्ने अन्दाजी २३ बर्षिया राजु दंगालको भने पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई टाँडी प्रहरीले आफ्नु नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्