चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

चितवन । चितवनको रत्ननगरमा गएराती बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व – पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका १० स्थित भानुचोकमा भएको सवारी दुर्घट्नामा परी एक जनाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।
“सवारी दुर्घट्नामा मृत्यु भएका बस्नेत”
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार काठमाडौंबाट काँकड्डभित्ता तर्फ जादैँ गरेको प्रदेश नम्बर ०३ – ००१ ख १९९ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ०२ – ०३ – ००२ प २८१६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरको पछाडी सवार रत्ननगर नगरपालिका २ टाँडी बस्ने २२ बर्षीया बिपिन बस्नेतको मृत्यु भएको हो ।
त्यस्तै, स्कुटर चालक सिन्धुपाल्चोक सिपापोखर गाँउपालिका ५ बस्ने अन्दाजी २३ बर्षिया राजु दंगालको भने पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई टाँडी प्रहरीले आफ्नु नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्