किन झर्छ कोरोना संक्रमितको कपाल ?
एजेन्सी । कोरोना संक्रमणबारे विभिन्न नयाँ अध्ययनहरु बाहिर आइरहेका छन् । नयाँ खोजहरु पनि उत्तिकै भइराखेका छन् । कोरोना संक्रमणको लक्षणहरु फरकफरक किसिमका हुने गरेका छन् ।
कसैलाई ज्वोरो, कसैलाई खोकी, कसैलाई रुधाखोकी ।
कसैलाई सुध्ने क्षमतामा कम आउनु, कतिले स्वाद नै थाहा नपाउनु रहेका छन् । पछिल्लो अध्ययन अनुसार कोरोना संक्रमितको कपाल झर्ने समस्या पनि हुने गरेको तथ्य बाहिर आएको छ ।
नयाँ अध्ययनका अनुसार कोरोना संक्रमितको कपाल तीब्र रुपमा झर्ने समस्या पनि देखिएको बताइएको छ ।
यो अध्ययन इण्डियाना यूनिभर्सिटीका प्रोफेसर डाक्क्टर नताली लाम्बर्टको टीलीले १५०० जनामा सर्वे गरेको थियो ।
कोरोना संक्रमण भएपछि पनि लामो समयसम्म मानिसमा कोरोना भाइरस रहिरहने अध्ययनले देखाएको थियो ।
यही क्रमका बीचमा कपाल पनि उत्तिकै झर्ने अध्ययनले देखाएको छ । २५ लक्षणमध्ये एक कपाल झर्ने समेत भएको बताइएको छ ।
एक्सपर्ट्सका अनुसार कोरोना संक्रमित तनाव हुने गर्छ जसलाई टेलोजेन एफ्लुवियम भनिन्छ । टेलोजेन एफ्लुवियममा कुनै बिरामी वा तनावका कारण केही समयका लागि तीब्र रुपमा कपाल झर्ने गर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #किन झर्छ कोरोना संक्रमितको कपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्