कहाँ बिग्रियो बालुवाटार र खुमलटारबीच कुरा ?
कात्तिक । कर्णाली प्रदेशको विवाद समाधानको अन्त्यतिर पुगेका बेला खुमलटारको प्रेस नोटले नयाँ मोड दिएको छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा मंगलबार विज्ञप्ति जारी गरेर कर्णाली प्रदेशको विवाद समाधान गर्न ४ बुँदे सहमति भएको जनाएका थिए ।
थापाको विज्ञप्ति सञ्चारमाध्यममा नपुग्दै नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रेस नोट जारी गरेर कर्णाली प्रदेशका विषयमा कुनै सहमति नभएको जनाए । दुई वटा अलग–अलग विज्ञप्ति आएपछि नेकपाभित्र कर्णाली प्रदेशलाई लिएर ठूलो विवाद छ भन्ने सन्देश दिएको छ ।
दुबै अध्यक्ष ओली–दाहालबीच मंगलबार वार्ता भएको थियो । सो वार्तामा कर्णालीको विवाद समाधानका विषयमा कुराकानी भएको थियो । सोही कुराकानी र सम्वादका आधारमा बालुवाटारले चार बुँदे सहमति भएको भनेर प्रेस नोट जारी गरेको हुनुपर्छ ।
बालुवाटारले प्रेस नोट जारी गरेर सहमित भएको दाबी गरेको थियो । तर, खुमलटारले चार बुँदे सहमतिलाई खारेज गरिदियो ।
पछिल्लो समय खुमलटार असन्तुष्ट देखिएको छ । विशेष गरेर बालुवाटारसँग खुमलटारका धेरै असन्तुष्टिहरू देखिएका छन् ।
मंगलबारको दुई वटा प्रेस नोट आएको विषयले नेकपाभित्र विवाद छ भन्ने संकेत गरेको छ । नेताहरूले कर्णालीको विवाद समाधान गर्न नचाहेका पनि होइनन् ।
तर, विवाद मिलाउँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र यमलाल कँडेल पक्षलाई चित्त बुझ्ने गरी हुनु पर्ने नेताहरूको भनाइ छ । बालुवाटारको विज्ञप्ति कर्णालीको विवाद समाधान गर्न मध्यमार्गी रहेको नेकपाका एक नेताले बताए ।
हठातमा खुमलटारबाट जारी भएको प्रेस नोटले कर्णाली प्रदेशको विवाद समाधान गर्न केही नेताहरू चाहँदैनन् कि भन्न आशंका जन्माइदिएको छ ।
खुमलटार असन्तुष्ट छ भनेर बुझेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग कर्णालीको विवाद समाधान गर्न परामर्श समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालुवाटार र खुमलटार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्