सिलिचोङ पहिरो पिडितलाई संखुवासभा रेडक्रसको सहयोग
सिर्जनशिल सामुदायिक विकास केन्द्र खाँदबारीले पनि दियो एक एक थान सिरक ।
खाँदबारी । सिलिचोङका पहिरो पिडितलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले राहत सहयोग गरेको छ । रेडक्रसले १ सय ६ घर पहिरो पिडितहरुलाई प्रति घर २ हजारका दरले २ लाख १२ हजार नगद सहयोग गरेको छ ।
नगदसंगै प्रतिघर एक थान त्रिपाल, २ थान कम्बल, १ सेट भाँडा र ३ सेट लगाउने कपडा सहयोग गरेको रेडक्रसका जिल्ला शाखाका सभापति सरोज बज्रचार्यले जानकारी दिनुभयो । मंगलबार सिसुवाखोला विपत व्यवस्थापन समितिको उपस्थितीमा सहयोग रकम र सामाग्री हस्तान्तरण गरिएको हो । राहत रेडक्रसको अन्तराष्ट्रिय महासंघको सहयोगमा रेडक्रस सोसाईटी जिल्ला शाखाले वितरण गरेको रेडक्रस कार्यालय संखुवासभाका लक्ष्मि कार्कीले जानकारी दिनुभयो ।
यसै विच, सिर्जनशिल सामुदायिक विकास केन्द्र खाँदबारीले पनि एक एक थान सिरक सहयोग गरेको छ । केन्द्रका अध्यक्ष बविता कटुवाल लगायत समतिका पदाधिकारीहरु सिलिचोङ गाउँपालिकाको बुधबारे पुगेर अस्थाई टहरोमा बसोबास गरिरहेका १०६ परिवारलाई सिरक सहयोग गरेको हो । त्यस्तै डनविदा ह्याण्डीक्राफ्ट र करेन हेजिज टिम युकेले घर बगाएका ८ परिवार र १ जना अपाङ्गलाई आर्थिक सहयोग गरेका छन् । पहिरोबाट घर बगाएका ८ परिवारलाई १३ हजार पाँचसयको दरले १ लाख ८ हजार र एक अपाङ्गलाई ३ हजार ९ सय १२ रुपियाँ सहयोग गरेका हो ।
हस्तान्तरण कार्यक्रममा दाताहरुको तर्फबाट रेडक्रस जिल्ला शाखा उपसभापती मदन कुमार दाहाल, मन्त्री ऋषिकेशव चापाचाईसदस्य नरबहादुर थापा लगायतको उपस्थिती रहेको थियो । त्यस्तै सृजनशितको तर्फबाट संस्थापक अध्यक्ष चित्ररेखा अधिकारी, सचिव बबिता कटुवालको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #रेडक्रस संखुवासभा, #सिलिचोङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्