सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर
फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने ।
काठमाडौं, २ कार्तिक ।
शारीरिक व्यायाम अर्थात फिटनेश आफैँमा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश गर्न थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ ।
यसैबेला काठमाडौंको मुटु मानिने कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौँ तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ । यो फिटनेश सेन्टर शनिबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो ।
रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरे । यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेभपाटीमा समेत रहेको छ ।
यतिखेर विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस्तो बेला मानिसले आफूलाई तन्दुरुस्त राख्न आश्वयक छ । मानिसहरु संक्रमणसँग बच्ने उपाय खोजिरहेका छन् । त्यसका लागि एक उपाय फिटनेश पनि हो । पछिल्लो एक अध्ययनले यही देखाएको छ ।
व्यायाम र रोगप्रतिरोधात्मक शारीरिक क्षमताका सम्बन्धमा भएको अध्ययनअनुसार तन्दुरुस्त वा फिट रहँदा संक्रमणबाट बच्ने क्षमता राम्रो हुन्छ । एकपटक मात्र गरिने व्यायामले पनि भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता बढाउने वैज्ञानिकहरुले बताएका छन् ।
अमेरिकामा गरिएको अध्ययनका अनुसार लगातारको व्यायामपछि केही सेलहरु मर्ने भएपनि त्यसले केही घण्टाभित्रै सबै सेलहरु सक्रिय अवस्थामा आउने भएकाले इम्युन सेललाई स्थिर बनाउने र प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । त्यसैले पनि मानिसका लागि व्यायाम आवश्यक मात्र नभएर अपरिहार्य बन्न थालेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #रोजल शाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्