३८ करोडमा लामबगर काभ्रेस्थली सडक धमाधम पिच हुँदै
काठमाडौं । तारकेश्वर नगरपालिकाको शेषमती–लामबगर–जरंखु हुँदै काभ्रेस्थलीको संगमचोक सम्मको ५८०० मिटर बाटो कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।
नगरपालिकाकै गौरवको आयोजना मध्य एक रहेको सो सडक बिगत ४ बर्ष देखी बिवादका कारण कालोपत्रे हुन सकेको थिएन ।
तारकेश्वर नगरपालिकाको पहलमा विवादीत स्थानहरुको समस्या समाधान भएकाले कालोपत्रे गर्ने कार्य अघि बढेको उपमेयर भवानी डोटेलका भनाई छ । बाटो निर्माणमा ढिलासुस्ती भएको बताएका छन् ।
सडक कालोपत्रे सुरु भएपछि तारकेश्वर वडा नं। २, वडा नं। ८ का जनप्रतिनिधिहरु फिल्डमा आइ अनुगमन गरिरहेका छन् । मापदण्डअनुसार पिच कार्य सुरु भएकाले अब काम कुनैपनि हालतमा रोक्न नदिने वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सीले बताए । विवादीत ठाउँमा नगरपालिकाले तत्कालै हल गर्दै कामलाई अगाडी बढाउने बताए । तारकेश्वर अहिले धेरै स्थानहरुमा नगरस्तरीय योजनाहरू सुरु भएको के.सीको भनाई छ ।

वडाअध्यक्ष केसीकाअनुसार तारकेश्वर वडा नं। २ का विभिन्न स्थानमा २०७७÷७८ को योजनाका काम र पुराना कामहरु धमाधम सुरु भएको बताएका छन् ।
तारकेश्वर नगरपालिकाको वरिष्ठ इन्जिनियर कञ्चन भट्टले उक्त सडक निर्माणको अनुगमन गर्ने जिम्मा पाएका छन् । भट्टले कालोपत्रेको काम सम्पन्न नभएसम्म आफुले अनुगमन गर्ने बताएका छन् । भट्टले अहिले भइरहेको पिच २ इन्च बाक्लो हुने भएकाले यसको आयु ६ वर्ष भएकाले पिच टिकाउ हुने बताए ।
सिएन कन्ट्रक्सनले ३८ करोडमा ५८०० मिटर पिच र साइडमा ब्लक बिछ्याउने काम सुरु गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लामबगर काभ्रेस्थली सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्