काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जोखिममा भएका जिल्लाहरूमा थप कडाइ गर्ने सरकारको तयारी
काठमाडौं, २८ असोज । सरकारले काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जोखिममा भएका जिल्लाहरूमा थप कडाइ गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरकारकै निकायहरूले काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै लकडाउनकै विकल्प अँगाल्न सुझाव समेत दिएका छन् ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी प्रस्ताव तयार पारी स्वीकृत गराएको प्रधानमन्त्री कार्यालयले बताएको छ । यद्यपि उक्त निर्णय सार्वजनिक भने भइसकेको छैन ।
त्यस्तो निर्णयले सङ्क्रमणको जोखिम उच्च भएको ठाउँमा जिल्लाको डीसीसीएमसीमा स्थितिको विश्लेषण गरेर आवश्यक काम गर्न सहजता प्रदान गर्दछ ।
तलबाट आएका सुझावलाई दृष्टिगत गरेर सरकारले आजभोलि नै अथवा कात्तिक १ गतेबाट लागू गर्न सक्ने बताइएको छ ।
महान चाड दशैं नजिकिएसँगै आम सर्वसाधारणमा कोरोनाको तीव्र संक्रमण तथा सरकारले लिने भावी कदम के हुने भन्ने चिन्ता छ । यही चिन्ताले उनीहरुले दशैं कसरी र कहाँ मनाउने भन्ने निर्णय समेत लिन सकेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #थप कडाइ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्