एक्सनमा ट्राफिक प्रमुख भट्ट : सवारी दुर्घट्ना न्युनीकरणका लागी ट्राफिक सचेतनामुलक बोर्ड
यो अभियान जारी रहन्छ - प्रहरी
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सोमबार जिल्लाको विभिन्न स्थानहरुमा ट्राफिक सचेतनामुलक बाेर्ड राखेकाे छ । सवारीसाधनकाे चाप बढेसँगै हुन सक्ने सम्भावित दूर्घट्नालाई मध्ययनजर गर्दै चितवन ट्राफिक प्रहरी कार्यालयले नारायणी माेटर्स र लायन्स क्लब अफ बालकुमारीकाे संयुक्त सहकार्यमा ट्राफिक सचेतनामुलक बाेर्ड राखेकाे हो ।

दूर्घटना न्युनीकरण, हाम्राे प्राथमिकता भन्ने मुल नाराका साथ ट्राफिक प्रहरीले आज (सोमबार) आँपटारी – रामनगर तथा गाेन्द्राङ – टिकाैली जंगल सडकखण्डकाे दुवै तर्फ ४ स्थानमा र गाेलघुम्ती रहेका केन्द्रिय बसपार्क, चाैबीसकाेठी र आँपटारीमा चालकहरुलाई संभावित दूर्घटनाबाट सावधान गराउँदै बोर्ड राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार सवारी चाप बढे संगै हुन सक्ने सम्भावित दुर्घट्नालाई समेत मध्ययनजर गर्दै रातीकाे समयमा टल्किने ९ थान सचेतनामुलक रिफ्लेक्टिङ बाेर्ड राखिएकाे बताए । साथै, उनले सवारी चालकहरुलाई जथाभावी ओभरटेक नगर्न, तीव्र गतिमा सवारी नचलाउन, बजार क्षेत्रमा अनावश्यक हर्नकाे प्रयाेग नगर्न, गाेलघुम्तीमा रहेका सवारीलाई प्राथमिता दिन समेत अनुराेध गरेका छन् ।

आज मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा नारायणगढको पुलचोकमा यात्रु सहायता कक्ष समेतको स्थापना गरिएको थियो । प्रहरी प्रमुख भट्टले यहाँको जिम्मेवारी सम्हालेपछि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै, सवारी दुर्घटना न्यूनीकरणका लागी रिफ्लेक्टिभ स्टिकर सहितको ड्रम राख्ने, ‘रात्रीकालीन चालक सचेतना अभियान’ एकतर्फी पार्किङ ब्यावस्थापन, सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड चेकजाँचमा कडाइ लगायतका गतिविधी हुुँदै आएको छ ।

क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #ट्राफिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्