कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल संखुवासभा बन्द
संखुवासभा जिल्ला अस्पताल खाँदबारीमा कार्यरत ३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक र प्रसूति सेवा बाहेकका सबै सेवा बन्द गरिएको खाँदबारी अस्पतालले जनाएको छ ।
शनिबार बिहान स्वास्थ्यकर्मी कर्मचारीको नतिजा पोजेटिभ देखिएपछि अस्पताल प्रशासन र अस्पताल व्यवस्थापना समितिका पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । जिल्ला अस्पतालका निमित्त प्रमुख डा शुन्दर श्याम झा, व्यवस्थापन समितिका अध्यक्ष एवंम् जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य लगायत जिल्लामा कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा शुन्दर श्याम झाले जानकारी दिनुभयो ।
हाल सम्म संखुवासभामा ९८ जना कोरोना सङ्क्रमित फेला परेका छन् । ति मध्ये ८० जना निको भएर घर फिर्ता भइसकेका र १८ जना अहिले पनि आईसोलेसनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्