पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिँदै

काठमाडौं, २७ असोज । मंगलग्रह मंगलबार पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।
खगोल विज्ञानमा यो दुर्लभ घटना हो, जसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुन्छन्। यसको अर्थ तीनै ग्रह १८० डिग्रीको कोणमा हुने छन् । यो घटनालाई खगोलीय भाषामा मंगलग्रहको ‘अपोजिशन’ भनिन्छ । यो घटना हरेक २६ महिनामा हुन्छ ।
नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक २६ महिनामा नजिक आउँछन् । यसको अर्थ सन् २०२२ को डिसेम्बरमा पनि दुई ग्रह नजिक आउने छन्।
मंगलग्रहको अपोजिशन मंगलबार हुँदै गरेको भए पनि गएको मंगलबार अर्थात अक्टोबर ६ मै मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । त्यसबेला दुई ग्रहबिचको दूरी ३८.६ मिलियन माइल थियो ।
अब सन् २०३५ सम्म मंगलग्रह पृथ्वीको यति नजिक आउने छैन । यसअघि सन् २००३ मा मंगलग्रह र पृथ्वीबिचको दूरी ३४.८ मिलियन माइल भएको थियो, जुन ५९ हजार ६१९ वर्षमा सबैभन्दा नजिक आएको घटना थियो मंगलग्रह पृथ्वीको । अब २२८७ वर्षसम्म यति नजिक आउने छैन । यो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ ।
मंगलबार बेलुका हुने अपोजिशनको अवलोकन गर्दा मंगलग्रह ठूलो र चम्किलो देखिने छ। यो घटनामा पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यो नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली समय अनुसार बुधबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा तीन ग्रह १८० डिग्रीको कोणमा आउने छन् ।
मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ। उदाहरणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पृथ्वीबाट मंगलग्रह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्