भन्सार छली कपडा सहित दुई जना पक्राउ
चितवन । चितवन प्रहरीले अवैध भन्सार छली लत्ताकपडा सहित दुई जनालाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले आज (आइतबार) बिहान साँढे चार बजे भरतपुर महानगरपालिका ३ शहिदचोक नजिक लु. २ ख. ३४० नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी ल्याइएको अन्दाजी चार लाख पचहत्तर हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित दुई जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नवलपरासी पश्चिम सरावल गाउँपालिका वर्डा नम्बर ०३ बस्ने बर्ष ३७ को राम बहादुर चौधरी र बर्ष ३५ की मिना के.सी रहेकी छिन् । उनीहरुलाई आवश्यक कारवाहीका लागी बीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो समय चितवन प्रहरीले चाडपर्व नजिकिए संगै जिल्लामा चेकजाँच तथा सुरक्षालाई समेत कडा बनाएको छ । जिल्लामा हुन सक्ने अपराधीक गतिबिधीलाई न्युनीकरणका लागी सादा पोशाकका प्रहरीलाई ठाउँ ठाउँमा परिचालन गरेको छ भने, रात्रीकालिन सुरक्षालाई समेत मजबुत बनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #भन्सारछली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्