साँढे दुई लाख नगद सहित पाँच जना जुवाडे पक्राउ
चितवन । चितवन प्रहरीले शनिबार साँढे दुई लाख रुपैयाँ नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।
पुर्वी चितवनको कालिका नगरपालिका वर्डा नम्बर ४ स्थित ग्रिन टप कटेजमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवातास खेलिरहेको अवस्थामा कालिका नगरपालिका वर्डा नम्बर ४ बस्ने बर्ष ३७ को बल बहादुर नेपाली, सोही ठाउँ बस्ने वर्ष ३५ को हरीराम लामा, कालिका नगरपालिका वर्डा नम्बर ५ बस्ने वर्ष ४० को कुमार चौधरी, नवलपुर गैंडाकोट नगरपालिका वर्डा नम्बर २ बस्ने बस्ने वर्ष ३८ को हरी जि.सी र सोही ठाउँ बस्ने वर्ष ३८ को नवराज परीयारलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले जुवातास खेल्ने कार्यमा प्रयोग भएको एक बुक ताससहित दुई लाख उनन्तीस हजार सात सय असी रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि जुवा कसुर ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाडपर्व नजिकिदै गरेकोले सादा पोशाकका प्रहरीलाई राजमार्गमा २४ सै घण्टा गस्तीमा खटाइएको समेत जानकारी दिनुभयो । त्यस्तै, जुवाजन्य गतिबिधी खेल खेल्नु र खेलाउनु सामाजिक अपराध भएकोले यस्तो गतिबिधी कहिं कतै भएको पाइए तत्कालै नजिकैको प्रहरीलाई सुचना दिएर सहयोग गर्न समेत गुरुङले सबैमा अपिल गर्नुभएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #जुवाडे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्