तारकेश्वरमा कोरोना संक्रमितको संख्या ७७० पुग्यो
काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ७७० पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ३१८ महिला र ४५२ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १५४ महिला र १९५ पुरुष गरी ३४९ जना रहेका छन् । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला १६२ र पुरुष २५४ जना गरी ४१६ जना पुगेका छन् ।
तारकेश्वर नगरपालिकामा २४३१ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा ३७९ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा २१ जना रहेका छन् । कोभिड सेन्टरमा ९ जना रहेका छन् । होटल आइसोलेसनमा ५ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट २८० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।
वडा नं. ८ मा ७६ जना ३४ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ११० जना र निको हुनेको संख्या ४४ पुगेको छ । वडा नं. १० मा १२९ जना जसमा ८७ जना निको भएका छन् । वडा नं. ११ मा १४८ जना ४९ जना निको भएका छन् भने २ जना पुरुषको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा २१ महिला र ३५ पुरुष गरी ५६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ निको हुनेको संख्या ११ जना, वडा नं. २ मा ३७ जना १३ जना निको भइसकेका छन् । वडा नं. ३ मा १६ जना जसमा ८ जना निको भएका छन् । वडा नं. ४ मा ६९ जना जसमा ३० जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ६३ जना जसमा ३३ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा ७० जनामा कोरोना संक्रमण देखिएको छ भने २८ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ३७ जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्