एसपी राठौरको एक्सन : घुस रकम सहित प्रहरी जवान पक्राउ
मकवानपुर । हेटौंडामा घुस रकम सहित एक जना प्रहरी हवल्दार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले तीन सय रुपैयाँ घुस रकमसहित इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कायारर्त प्रहरी हवल्दार देवीलालप्रसाद ठाकुरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ठाकुरलाई अहिले निलम्बन गरी आवश्यक कार्वाही प्रक्रियालाई अगाडी बढाइएको मकवानपुरका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । प्रहरी स्रोतका अनुसार ठाकुरलाई हिजो शुक्रबार वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको सवारीसाधन लाई सहजीकरण गर्ने भन्दै सवारीसाधनसँग घूस रकम लिँदा लिंदै हेटौंडा–९, पशुपतिनगरमा प्रहरीको ‘स्ट्रिङ अप्रेशन’को टोलीले रंगेहात पक्राउ गरेको थियो ।
पूर्वपश्चिम राजमार्गमा रहेको इलाका प्रहरी कार्यालयले चेकजाँचको बहाना सर्वसाधरण तथा यात्रुलाई अनावश्यक दुख दिन थालेको भन्ने जनगुनासोको आधारमा प्रहरीले प्रहरी माथि नै अप्रेसन गर्न छुट्टै टोली नै गठन गरेको थियो ।
पछिल्लोपटक मकवानपुरको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका एसपी राठौरको सक्रियता बढेसँगै अपराध न्युनीकरणमा समेत काँचुली फेरिएको छ । झन्डै डेढ महिना अगाडी पनि प्रहरी सुदृढीकरणका लागी भन्दै मकवानपुरमा घुमुवा प्रहरी नै खारेज गरेका एसपी राठौर यहाँका पहिलो कार्यालय प्रमुख हुन् ।
अपराध न्युनीकरण तथा सुचना संकलनका लागी घुमुवा प्रहरी अपरिहार्य भए पनि पछिल्लो समय घुमुवा प्रहरीकै कारण संगठन बदनाम हुन थालेपछि एसपी राठौरले आफ्नु जिल्लामा घुमुवा प्रहरी नै खारेज गरेका थिए । जिल्लामा परिचालित घुमुवा प्रहरीका बारे गुनासो आउन थालेपछि उनी आक्रमक भएको स्रोत बताउँछ ।
यता, कुनै पनि प्रहरीले संगठनको नाम दुरुपयोग गरे वा आर्थिक चलखेल गर्न खोजे तत्काललै खबर गरेर सुचना दिन आग्रह समेत गरेका छन । प्रहरीको काम भनेको शान्तिसुरक्षा नियन्त्रणको लागी हो, उनले भने प्रहरीको खोल ओडेर बदमासी गर्ने कसैलाई छाड्दिनँ, सुचना दिनुस् , छानबिन गर्छु दोषी भेटिए ठाउँको ठाउँ कार्वाही गर्छु । उनले भने, प्रहरी संगठनमा गैरब्यावसायीकलाई ठाउँ छैन, मेरो कार्यकालमा कसैले पनि आर्थिक लाभ लिन्छु भन्ने कल्पना नगरे हुन्छ, एसपी राठौरले भने ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्