चन्द्रागिरिमा सङ्क्रमित ५५१, ५ को मृत्यु
चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् ।
यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन् । कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चन्द्रागिरिले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ । कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको छ ।
चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । नगरपालिकाभित्रका १० हजार व्यक्तिको पिसीआर परिक्षण गरिसकेको छ । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #chandragiri municipality
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्