Techie IT
सोमबार, वैशाख २२,२०८२

वाग्मती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो ।

काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उहाँको कसैसँग भेटघाट नभएको बुभिएको छ । सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताउनुभयो ।

सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०(१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उहाँले बताउनुभयो । काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । “मुख्यमन्त्रीज्यूले विगतदेखि नै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ, त्यो निरन्तर रहन्छ”, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भन्नुभयो । भेटघाटलाई भने न्यून पारिएको उहाँको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona positive


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545