प्रदेश नम्बर १ को उत्तरी सीमा किमाथांकामा सशस्त्रको बिओपी भवनको शिलान्यास
संखुवासभाको उत्तरी सीमा क्षेत्र किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बिओपी) भवन शिलान्यास भएको छ । बधुबार किमाथांका नाकामा भवनको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले गर्नुभएको हो । चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ किमाथांकामा ६ करोड ६८ लाख २६ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरीका अरुण गुल्मका गुल्मपति डिएसपी विशाल सिलवालले बताउनुभयो ।
सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा ९ महिनाअघि नै सीमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो । त्यहाँ प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा २८ जनाको टोेली बसेको छ । आफ्नै भवन नहुँदा भाडाको साँघुरो घरमा सुरक्षाकर्मीहरु बसिरहेका थिए । पोस्टमा आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीलाई हेलिकोप्टरबाट नै पुर्याइएको थियो ।
भवन उद्घाटनसँगै सीमाको निरीक्षणमा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षत्री, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी नवराज मल्ल सहितका प्रमुखहरु किमाथांका पुग्नुभएको थियो । उत्तरी क्षेत्रको सिमामा ठूलो सरकारी भवन बन्ने भएपछि स्थानीय खुसी भएका छन् ।
सशस्त्र द्वन्द्वसँगै विस्थापित भएर सदरमुकाम आएर बसेको भन्सार कार्यालय विभिन्न बहाना बनाउँदै सदरमुकाम खाँदबारीमा बसिरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्