सिन्धुपाल्चोक बाढीपिडीतको अनुगमनमा प्रदेश संसदीय समिति
बाढीपहिरोबाट ७७ जनाको ज्यान गएको र ३८ जना वेपत्ता भएको सिन्धुपाल्चोक मा अनुगमन गर्न वाग्मतीका प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आलेसहित पाँच सदस्यीय संसदीय टोली गएको छ। सो टोलीमा समितिका सदस्यहरु निमा लामा, बिराज भट्ट श्रेष्ठ, बद्रीप्रसाद मैनाली र राजेन्द्र गुरुङ छन् ।
उक्त टोलीले बाह्रबिसेको खागदलबाट जिल्लाको बाढीपहिरोग्रस्त क्षेत्रको अनुगमन सुरु गरेका छन भने बिभिन्न ठाँउको अनुगमन गरेर प्रतिवेदन तयार पार्ने योजना रहेको छ ।
भोटेकोशी करिडोर आसपासका क्षेत्र, लिदीका पहिरोपीडितसँग अन्तरक्रिया गर्ने कार्यक्रम संगै संसदीय टोलीले जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख राजन अधिकारीलगायत सरोकारवालाहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
बाढीपहिरोलका कारण गत असारयता मुलुकभरीमै सवैभन्दा धेरै मानवीय क्षति भएको सिन्धुपाल्चोकमा ७७ जानको ज्यान गएको छ भने ३८ जना वेपत्ता छन् ।भोटेकोशी, ब्रम्हायणी, मेलम्ची र इन्द्रवाती करिडोरको आसपासमा बाढीपहिरोले बढी क्षति गरेको छ। बिभिन्न स्थानका बस्तीहरुमा पहिरोको जोखिम छ भने ६ सय भन्दा बढी घरधुरीलाई अन्यत्रै स्थानमा सार्नुपर्ने अवस्था छ। सरकारले सिन्धुपाल्चोकलाई बाढीपहिरोको संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #अनुगमनमा प्रदेश संसदीय समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्