बुढानिलकण्ठका मेयर उद्दव खरेललाई कोरोना संक्रमण
काठमाडौं ,असोज १७।
बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेललाई कोरोना संक्रमण पुस्टि भएको छ । कोरोना संक्रमण देखिए संगै होम आइसोलेसंमा बसेका नगरप्रमुख खरेलले आफ्नो सामाजिक संजालमा सन्देस लेख्दै चाडै मैदानमा फर्किने र जनसेवामा जुट्ने बताएका छन।
कोरोना संक्रमण नियन्त्रण र रोकथाम अभियानको अग्र मोर्चामा रहेका खरेलले संक्रमण देखिएको अवस्थालाई भ्रम र प्रचारको खेति नबनाउन आग्रह गर्दै मैदानमा रहेका आफ्ना सहकर्मीहरुलाई अझ दरिलो र प्रभावकारी ढंगले खट्न आग्रह गरेका छन ।
खरेलको सन्देस :
म सात दिनको अबधीमा व्यक्तिगत रुपमा कसै संग close contact मा बस्न हुदैन भन्ने जानकारीमा थिए । भौतिक दुरि कायम गरि केही मीटिङ्मा बसे।
सबैलाइ सतर्क रहन भने।बस्नै पर्ने केही ठाउमा पुगे तर्बिन मास्क बसेको छैन । अफिसमा पनि सबैलाइ भनिरहेको टढा रहन। केहिले मलाई अपराधी सरह प्रस्तुत गरिरहेको र केही नजिकका मित्रहरु पनि मेरा विरूद्ध लागिरहेको महसुश भैरहेको छ।
यो खेतीले कसैलाइ नाफा होला ? म आफू रहरले कुनै कफि शप ,रेस्टुरेन्ट वा मनोरञ्जनको लागि हिड्ने सोख राख्दिन।तसर्थ मेरो कारणले नै कुनै मित्र लाई दुख पर्न गएको लागेको भए ,मेरो सम्पर्क गरेको जस्तो लागेको भए जिम्मा लिन तयार छु। किनभने हामी सबैको हरेक दिन आबस्यक काम कै लागि खट्पनु रेको हो। कम्तिमा १ हप्ता पछि पुन फर्कने नै छु होला! मेरा मित्रहरु मैदान जुटिरहनु भैरहेको छ।अझ व्ववस्थित तवरले जुट्नु हुनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठका मेयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्