नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं, १७ असोज । आज अपराह्न ४ बजे बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
आज स्थगित भएको बैठक भोलि आइतबार अपराह्न ४ बजे बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बैठक स्थगित हुनुको कारणबारे केही बताएका छैनन् ।
बैठकमा मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवादमा केन्द्रित हुने बताइएको थियो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।
यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति सम्बन्धी महत्वपूर्ण निर्णय एकलौटी गरिएको भन्दै नेताहरु असन्तुष्ट भएका हुन् ।
यद्यपि, भोलि बस्ने भनिएको बैठकमा यिनै विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाको सचिवालय बैठक स्थगित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्