त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकार
गत हप्ता बलात्कार पछि हत्या भई मन्दिरमा शब भेटिएकी बझाङकी सम्झना कामीको हत्याको अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले सम्झनाको हत्या आफंैले गरेको स्वीकारेका छन्।
हत्याका आशंकामा बोहरालाई प्रहरीले पक्राउ गरी निरन्तर सोधपुछ गरिरहेको थियो। बालिकालाई त्रिशुलले हानेर हत्या गरेको र मन्दिर छेउमा लुकाएको उनले स्वीकार गरेका छन्। राजेन्द्रले हत्या आफैले गरेको स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताएका हुन।
पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको र प्रहरीले हत्यारा सार्वजनिक गरेपछि मात्र आफन्तले सम्झनाको शव बुझेका छन्। त्यस्तै बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख सहयोग गर्नका लागी पहल गर्ने बारेमा बताएका छन्।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #raise voice against rape, #rape case, #सम्झना कामी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्