लकडाउनमा बन्द रहेका सबै क्षेत्रहरु खुलाउने सरकारले तयारी
सरकारले लकडाउनमा बन्द रहेका सबै क्षेत्रहरु खुलाउने तयारी थालेको छ ।
मंगलबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
बन्द रहेका क्षेत्रहरु खुलाउन सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर प्रस्ताव ल्याउने र के कसरी सम्भव छ भन्नेबारे छलफल हुने जनाइएको छ ।
हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन् ।
त्यस्तै, केन्द्रले विदेशबाट ल्याइने उद्धार उडानलाई थप व्यवस्थित गर्न निर्णय गरेको छ ।
त्यस्तै, कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण तथा रोकथाम गर्न विभिन्न जनचेतानमुलक कार्यक्रम गर्ने पनि निर्णय भएको बताइएको छ ।
यद्यपि हालसम्म बन्द रहेका क्षेत्रहरु दशैँअघि खुल्ने सम्भावना भने कम रहेको बताइन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सबै क्षेत्रहरु खुलाउने सरकारले तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्